गौशाला नगरपालिकाका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकद्वारा सामूहिक राजिनामा


३१ असार, गौशाला, महोत्तरी — गौशाला नगरपालिकाभित्र रहेका सबै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजिनामा दिएका छन्। मंगलवार नगरपालिका प्रशासन शाखामा ३२ वटै विद्यालयका प्रधानाध्यापकहरूले राजिनामा बुझाएका हुन्।

प्रधानाध्यापकहरूका अनुसार आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा समेत नगरपालिकाले विद्यालयहरूलाई आवश्यक पर्ने विविध शीर्षकका रकमहरू समयमै निकासा नगरेपछि विद्यालय सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको हो।

गौरव माध्यमिक विद्यालयका प्रधानाध्यापक गोपाल महतोका अनुसार दिवा खाजा, पाठ्यपुस्तक, नन–सैलरी, नगर शिक्षक तथा नगर अनुदान शिक्षकको तलब, सशर्त पुँजीगत खर्च र शैक्षिक अनुदान शीर्षकका रकमहरू अत्यन्तै न्यून मात्रामा निकासा गरिएको छ।

“पटक–पटक आग्रह गर्दा पनि नगरपालिका कार्यालयले बेवास्ता गर्दै आएकोले हामी बाध्य भएर सामूहिक राजिनामा दिनुपर्‍यो,” प्रधानाध्यापक महतोले बताए।

उनीहरूले सबैजना संयुक्त रूपमा नगरपालिकाको कार्यालयमा राजिनामा बुझाएका छन्। अब विद्यालय सञ्चालनमा थप अन्योल सिर्जना हुन सक्ने अवस्था देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको