SEE नतिजामा अन्याय : विद्यार्थी जनमत संघद्वारा शिक्षामन्त्रीलाई ज्ञापन–पत्र


२९ असार, काठमाडौं  — विद्यार्थी जनमत संघले हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (SEE) २०७९ को नतिजा अन्यायपूर्ण भएको भन्दै शिक्षामन्त्रीलाई ज्ञापन–पत्र बुझाएको छ। संघको केन्द्रीय कार्यसमिति, काठमाडौंबाट शिक्षामन्त्री युक्लाई बुझाइएको ज्ञापन–पत्रमा मधेश प्रदेशका विद्यार्थीहरूमाथि विभेदपूर्ण व्यवहार भएको आरोप लगाइएको छ।

ज्ञापनपत्रमा उल्लेख गरिएअनुसार, मधेश प्रदेशका विद्यालयहरूको नतिजा अत्यन्तै निराशाजनक र अनपेक्षित रहेको छ, जसले विद्यार्थीहरूमा मानसिक आघात पुर्याएको छ। संघले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै सरकारले जिम्मेवारीपूर्वक छानबिन गरी सुधारात्मक कदम चाल्नुपर्ने माग राखेको छ।

संघका केन्द्रीय संयोजक पोषण कुमार यादवले हस्ताक्षरित ज्ञापनपत्रमा तीन प्रमुख बुँदामा सरकारको ध्यानाकर्षण गराइएको छ:

१. भौतिक पूर्वाधारमा सुधार

२. शिक्षण–सिकाइको गुणस्तर सुधार

३. शिक्षाको व्यवस्थापनमा पारदर्शिता

ज्ञापनपत्रको दोस्रो भागमा संघले थप मागहरू प्रस्तुत गरेको छ, जसमा समावेशीता, गरिब तथा दलित विद्यार्थीका लागि विशेष कार्यक्रम, प्राविधिक शिक्षा विस्तार, तथा शैक्षिक नीतिमा सुधारको माग छ। संघले भविष्यमा पनि आफ्ना मागप्रति सरकार गम्भीर नभएमा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको