लोककल्याणकारी विज्ञापनमार्फत ९० लाख वितरण, मधेशका २८३ सञ्चारमाध्यम लाभान्वित


जनकपुरधाम : मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चारमाध्यमको प्रवर्धन र सुदृढीकरणका लागि लोककल्याणकारी विज्ञापनमार्फत ९० लाख रुपैयाँ वितरण गरेको छ। उक्त रकम प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमार्फत वितरण गरेको हो।

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खड्गाले मधेशपत्रसँग कुरा गर्दै प्रदेशमा सञ्चालित तथा प्राधिकरणमा सूचीकृत सञ्चारमाध्यमलाई लक्षित गर्दै उक्त रकम पारदर्शी तरिकाले वितरण गरिएको जानकारी दिए।

उनका अनुसार लाभान्वित हुने सञ्चारमाध्यममध्ये ९ वटा टेलिभिजन, ६५ एफएम रेडियो, ४ मासिक, २ द्वैमासिक/त्रैमासिक, १०४ साप्ताहिक, ४७ दैनिक, ४० अनलाइन तथा अन्य १२ छुट सञ्चारमाध्यम छन्।

‘लोककल्याणकारी विज्ञापनको वितरणले सञ्चारमाध्यमको प्रवर्धन र सुदृढीकरणमा सहयोग पुग्ने विश्वास लिएको छ,’ अध्यक्ष खड्गाले बताए, ‘अर्को आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिइनेछ।’

यसअघि पनि मधेश प्रदेश सरकारले सूचना प्रवाह र सञ्चारक्षेत्रको सशक्तीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। प्राधिकरणले आगामी दिनमा विज्ञापन वितरण प्रणालीलाई अझ प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको