परालको भुसभित्र लुकाई तस्करी गरिएको १२ लाखको काजु बरामद, ट्रकसहित चालक नियन्त्रणमा


२२ असार, सर्लाही — सर्लाहीको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले परालको भुसभित्र लुकाई तस्करी गरिएको काजुसहितको ट्रक नियन्त्रणमा लिएको छ।

इ.प्र.का. कर्मैयाबाट प्रहरी निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा काठमाण्डौंतर्फ जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रक जाँच गर्दा, परालको भुसभित्र लुकाइएको ८२ वटा बाल्टिनमा भरिएका ८२० केजी काजु फेला पारेको हो।

बरामद काजुको अनुमानित मूल्य रु १२ लाख ३० हजार रहेको छ भने प्रयोग गरिएको ट्रकको मूल्य रु २५ लाख रहेको प्रहरीले जनाएको छ। दुवै मिलाएर करिब रु ३७ लाख ३० हजार बराबरको अवैध सामान बरामद गरिएको हो।

ट्रक चालक ५६ वर्षीय राजबंशी झा, सर्लाहीको बरहथवा नगरपालिका–१३, बसबरीया निवासीलाई पनि नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ।

उक्त ट्रक र चालकलाई प्रहरी कार्यालयमा राखिएको छ भने बरामद काजु र सवारी साधनलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको