बन संरक्षणका लागि पत्रकार, नागरिक समाज र मिडियाकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न


२१ असार, धनुषा — अनिसा पौडेल

बन तथा वातावरण मन्त्रालय, मधेस प्रदेशको आयोजनामा आज धनुषाको लालगढ होटलमा “बन संरक्षणका लागि पत्रकार, नागरिक समाज र मिडियाकर्मीहरूसँग अन्तर्क्रिया कार्यक्रम” सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि रूपमा मधेस प्रदेशका माननीय बन तथा वातावरण मन्त्री सञ्जय कुमार यादवको उपस्थितिमा विभिन्न सरोकारवालाबीच गम्भीर छलफल भयो।

कार्यक्रममा बोल्दै मन्त्री यादवले चुरे क्षेत्रको दोहन, अवैध बन कटान र जलवायु असन्तुलनले गर्दा मधेस प्रदेशको बन क्षेत्रमा गम्भीर संकट उत्पन्न भइसकेको बताएका छन्। उनले भने, “बन अब रेड जोनमा पुगिसकेको छ, चुरे सखाप हुन लागिसकेको छ। यस्तो अवस्थामा राज्य मात्र होइन, नागरिक समाज, पत्रकार र मिडिया सबैको एकजुट प्रयास अपरिहार्य भएको छ।”

मन्त्री यादवले पत्रकारहरूलाई वातावरणीय विषयमा कलम चलाउन र जनचेतना अभिवृद्धिमा अग्रसर रहन अपिल समेत गरे। “बन जोगाउन कलम चलेन भने हाम्रो भविष्य जोगिँदैन,” उनले चेतावनी दिए।

कार्यक्रममा विभिन्न मिडियाकर्मी, सामाजिक अभियन्ता, वातावरणविद्, प्रहरी तथा स्थानीय निकायका प्रतिनिधिहरूको उपस्थिति थियो। सहभागीहरूले बन संरक्षणका चुनौती र समाधानका उपायमाथि आ-आफ्नो धारणा राखेका थिए।

कार्यक्रमले प्रदेशस्तरीय बन तथा वातावरण संरक्षणमा सामूहिक प्रतिबद्धता जनाउँदै आगामी दिनमा संयुक्त पहलमार्फत अभियान अगाडि बढाउने सहमति जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको