
२० असार , बर्दिबास – लागुऔषध गाँजा मुद्धाका फरार प्रतिवादी फेकन साह तेलीलाई प्रहरीले बर्दिबासबाट पक्राउ गरेको छ।
आज दिउँसो अन्दाजी १: १५ बजे बर्दिबास–सिन्धुली सडकखण्डको बर्दिबास नगरपालिका ३ स्थित क्षेत्रबाट सर्लाहीतर्फ जाँदै गरेको अवस्थामा फेकन साहलाई नियन्त्रणमा लिइएको हो। उक्त पक्राउ कार्य लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्र.ना.नि. मिन बहादुर रावलको कमाण्डमा खटिएको संयुक्त टोलीले गरेको थियो।
पक्राउ परेका फेकन साह तेली सर्लाहीको हरिवन नगरपालिका–३ डाबरी टोल निवासी मुनिलाल साह तेलीका ३६ वर्षीय छोरा हुन्। उनलार्इ यसअघि पक्राउ परेका अभिषेक परियार र लालबाबु साहले बयानमा दोषी देखाएको र जिल्ला अदालत महोत्तरीबाट पक्राउ अनुमति लिएपछि खोजी भइरहेको इ.प्र.का.बर्दिबासबाट प्र.ना.उ.बिकास बमले बताएका हुन ।
हाल फेकन साहलाई थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा राखिएको छ। पक्राउ गरिएको स्थान इ.प्र.का. बर्दिबासबाट लगभग ५०० मिटर दक्षिण पर्ने बताइएको छ।