जनकपुरधाममा ज्वाइँद्वारा काकाको चक्कु प्रहार गरी हत्या


१८ असार, जनकपुर – जनकपुर उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहका काका बासुदेव प्रसाद विमलको आफ्नै ज्वाइँले चक्कु प्रहार गरी हत्या गरेका छन्।

प्राप्त जानकारीअनुसार, घरेलु विवादका कारण कुर्था निवासी बेचन महासेठले रामपुरस्थित घरमै विमलमाथि चक्कु प्रहार गरेका थिए। गम्भीर घाइते विमललाई तत्काल उपचारका लागि अस्पताल लैजाने प्रयास गरिएको थियो, तर बाटोमै उनको मृत्यु भएको जनाइएको छ।

घटनापछि आरोपी बेचन महासेठ फरार रहेका छन् भने प्रहरीले उनलाई पक्राउ गर्न खोजी कार्य तीव्र पारेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको