बर्दिबासमा ५० दिने एसी–फ्रिज मर्मत तालिम सम्पन्न, १६ जना युवा दिक्षान्त


१६ असार, बर्दिबास –

AEIN साझेदारीमा रोयम नेपालद्वारा सञ्चालित रूपान्तरण परियोजना अन्तर्गत बर्दिबास नगरपालिकामा सञ्चालित ५० दिने एसी–फ्रिज मर्मत तालिम आज एक समारोहका बीच सम्पन्न भएको छ।

समापन कार्यक्रम वडा नं. १४ का वडा अध्यक्ष विजय महतोको अध्यक्षतामा सम्पन्न भयो भने प्रदेश सांसद शारदा देवी थापा प्रमुख अतिथि थिइन्। तालिममा सहभागी १६ जना युवाहरूलाई दिक्षान्त प्रदान गरिएको हो।

समारोहमा बोल्दै जिल्ला कार्यक्रम अधिकृत रन्जु साहले तालिमको मूल उद्देश्य समुदायमा रहेका बेरोजगार युवालाई स्वरोजगारतर्फ डोयाउनु रहेको बताइन्। उनले भनिन्, “रोयमको उद्देश्य केवल तालिम सञ्चालन गर्नु मात्र होइन, ती युवालाई कसरी आयआर्जनमा लगाउने भन्नेमा केन्द्रित हुनु आवश्यक छ। हामी युवालाई सक्रिय बनाउन सधैं तत्पर रहनेछौं।”

कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक अरविन चौधरीले पनि आफ्नो धारणा राख्दै सहभागी युवाहरूको आर्थिक उन्नति र प्रगतिका लागि निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “हामी सधैं यी युवाहरूको हरेक सकारात्मक पहल र विकासमा साथ दिन तयार छौं।”

उक्त तालिमले स्थानीय युवालाई सीपमूलक दक्षता प्रदान गर्दै उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा लिइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको