१६ असार, रुपन्देही –
रुपन्देही क्षेत्र नम्बर–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगले आवश्यक तयारी पूरा गर्दै उपनिर्वाचनको मिति घोषणा गरेको हो।
आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार, रिक्त पद पूर्तिको प्रक्रिया स्वरूप आयोगले कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको जानकारी दिए।
२०७९ साल मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहरा विजयी भएका थिए। तर, गत चैत १९ गते काठमाडौँस्थित ओम अस्पतालमा उपचारका क्रममा उनको निधन भएपछि यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो।
निर्वाचन आयोगले अबको केही दिनभित्र विस्तृत कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।











