१४ असार, सिरहा – भोगेन्द्र कुमार यादव
सशस्त्र प्रहरी परिवार महिला संघको २४ औं वार्षिकोत्सवको अवसरमा मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघको आयोजनामा सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिकामा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविर कार्यक्रमको अध्यक्षता मधेश प्रदेश सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती संगिता सुवेदीले गर्नुभयो। कार्यक्रममा प्रमुख अतिथि मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय श्री शत्रुधन प्रसाद सिंह हुनुहुन्थ्यो।
कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका सभापति श्री दिनेश कुमार महत्तो, बरियारपट्टी गाउँपालिकाका अध्यक्ष श्री सन्तोष कुमार महतो, औरही गाउँपालिकाका अध्यक्ष श्री शिवजी यादव, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी श्री विश्वप्रकाश अर्याल लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यस्तै, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति, सशस्त्र प्रहरी नायब महानिरीक्षक श्रद्धेय श्री कृष्ण ढकालको पनि कार्यक्रममा विशेष उपस्थिति रहेको थियो।
बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष श्रीमती ममता कुमारी यादव, औरही गाउँपालिकाकी उपाध्यक्ष श्रीमती रेणु यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी श्री चेतराज बराल समेत कार्यक्रममा सहभागी भएका थिए।
‘सेवा नै धर्म’ भन्ने मूल नाराका साथ सशस्त्र प्रहरी परिवार महिला संघले समुदायमैत्री सेवामूलक गतिविधि गर्दै आएको छ। यस निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय बासिन्दाहरूले विशेषज्ञ चिकित्सकहरूको परामर्श, स्वास्थ्य जाँच तथा आवश्यक औषधि सेवा निःशुल्क रूपमा पाएका छन्।
कार्यक्रम समापनमा आयोजकहरूले सबै स्थानीयवासीको सहभागिताप्रति आभार व्यक्त गर्दै यस्ता सेवामूलक कार्यक्रम भविष्यमा पनि निरन्तर आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











