१३ असार, मोरङ –
मोरङको जहदा र टंकिसिनुवारी क्षेत्रका माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग आवद्ध सयौं नेता तथा कार्यकर्ताहरू जनमत पार्टीमा प्रवेश गरेका छन्।
बुढिगंगा गाउँपालिका–२, टकिसिनुवारीस्थित जेसिस भवनमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूले औपचारिक रूपमा जनमत पार्टीको सदस्यता लिएका हुन्।
कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उनीहरूलाई अबीर, माला र गम्छा लगाएर स्वागत गरे।
प्रवेश गर्नेहरूमा माओवादीका पूर्व संविधानसभा सदस्य बाबूलाल पासमान, लोसपाका जोगेन्द्र मुखिया लगायत जहदाका विभिन्न वडास्तरका नेता तथा कार्यकर्ताहरू छन्।
उनीहरूले अब जनताको पक्षमा वैकल्पिक राजनीति गर्न जनमत पार्टी रोजेको बताए।
अध्यक्ष डा. राउतले पार्टीमा जनताको आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नयाँ सदस्यहरूलाई जनमतको सिद्धान्त र कार्यदिशा अनुसार संगठित ढंगले अघि बढ्न आग्रह गरे।
कार्यक्रममा प्रदेश तथा स्थानीय तहका नेताहरूको पनि उपस्थिति रहेको थियो।











