कलाकार अभिनास झा ‘कलकतियाबाली’की पत्नी अँसा सदा मृत अवस्थामा फेला


१० असार,धनुषा  — कलाकार अभिनास झा उर्फ ‘कलकतियाबाली’की पत्नी अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन्। जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार राति धनुषाको नोचापुरमा उक्त घटना भएको पुष्टि गरेको छ।

गत माघ महिनामा अन्तरजातीय विवाह गरेका अभिनास झा र अँसा सदाले हालै मात्रै गृहप्रवेश गरेका थिए। पूजाआजा गर्दै घरमा प्रवेश गरेका उनीहरूले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरिरहेका थिए। तर, सोमबार राति अँसा सदा मृत अवस्थामा फेला परेपछि उनीहरूलाई चिनेका व्यक्ति र शुभचिन्तकहरु स्तब्ध भएका छन्।

प्रहरीका अनुसार मृतक सदा जनकपुर उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचापुरस्थित आफ्नै घरमा फेला परेकी हुन्। घटनास्थल नजिकैको सुटिङ स्थलमा भिड जम्मा भएको छ भने कलाकार झा अहिले कुनै स्पष्ट अभिव्यक्ति दिने अवस्थामा नरहेको बताइएको छ।

धनुषा प्रहरी प्रवक्ता डीएसपी वरुण बहादुर सिंहका अनुसार अँसा सदाको माइती पक्ष नआएकाले कानुनी प्रक्रिया अगाडि बढ्न सकेको छैन। उनले माइती पक्ष आएपछि मात्रै शवको पोस्टमार्टम र अन्य प्रक्रिया अघि बढाइने जानकारी दिएका छन्।

हाल प्रहरी टोली घटनास्थलको मुचुल्का तयार गर्दै अनुसन्धानमा जुटेको छ। प्रारम्भिक अनुमान आत्महत्या भए पनि, प्रहरी बिना पोस्टमार्टमको आधिकारिक पुष्टि नगर्ने अडानमा रहेको छ।

यस घटनाले अन्तरजातीय विवाह र कलाकार झाको व्यक्तिगत जीवनप्रति चासो थपिएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको