भोलि बर्दिवासमा जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम


२ असार,महोत्तरी —जनमत पार्टी महोत्तरी निर्वाचन क्षेत्र नं. १ को आयोजनामा भोलि २०८२ असार ३ गते (मंगलबार) बर्दिवास नगरपालिका वडा नं. १२ स्थित जुडिबजारमा राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउतको विशेष उपस्थिति रहनेछ।

बिहान ७:०० बजे शुरू हुने उक्त कार्यक्रममा पार्टी संगठन सुदृढीकरण, कार्यदिशा निर्धारण तथा जिम्मेवारी वहन सम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।

पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इंचार्ज बिरेन्द्र कुमार मण्डलले सबै जिम्मेवार सदस्यहरूलाई तोकिएको समयमै अनिवार्य उपस्थितिका लागि आग्रह गर्नुभएको छ।
कार्यक्रमले संगठनात्मक अनुशासन, योजना तथा सांगठनिक समन्वयलाई अझ प्रभावकारी बनाउन योगदान पुर्‍याउने विश्वास गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको