
ललन मण्डल,महोत्तरी, २७ जेठ — महोत्तरीको सोनमा गाउँपालिका वडा नं ३ खखनामा गम्भीर रोगले पीडित सुजित कुमार पासमानलाई आज गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले रु १,२५,००० आर्थिक सहयोग गरेका छन्। मेयर यादवको यो सहयोगले सुजित र उनको परिवारमा ठूलो उत्साह र आशा जगाएको छ।
सहयोग वितरण समारोहमा वडा नं ३ का अध्यक्ष रामप्रबोध सहनी, समाजसेवीहरू रामकृपाल यादव, रामकलेवर यादव, संजीव साह, नवल यादव लगायत स्थानीय बासिन्दा र शुभचिन्तकहरू उपस्थित थिए। सबैले मेयर यादवको मानवीय कदमको प्रशंसा गरेका छन्।
मेयर यादवले कार्यक्रममा भने, “जनताको सेवा गर्नु हाम्रो प्राथमिक कर्तव्य हो। सुजितजीको उपचारमा यो सहयोगले केही राहत पुर्याओस् भन्ने मेरो चाहना हो। गाउँपालिकाले यस्ता सहयोगी पहलहरू निरन्तर जारी राख्नेछ।”
पीडित परिवारले मेयर यादवप्रति आभार प्रकट गर्दै यस्तो सहयोगले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन आएको बताएका छन ।