मधेसका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद पुनर्गठन


८ , जेठ  ,जनकपुरधाम – मधेस प्रदेशका मुख्यमन्त्री श्री सतीशकुमार सिंहले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बिहीबार मुख्यमन्त्री सिंहको सिफारिसमा प्रदेश प्रमुख श्रीमती सुनीता सुवेदी भण्डारीज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरूको पुनर्नियुक्ति तथा कार्यविभाजनको पुनः व्यवस्था गर्नुभएको हो।
यस पुनर्गठनमार्फत उद्योग तथा पर्यटन मन्त्रालय सम्हाल्दै आएका सकिल मिया अन्सारी र वन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका त्रिभुवन साहलाई मन्त्री पदबाट फिर्ता बोलाइएको छ। उनीहरूको स्थानमा क्रमशः वसन्त कुमार कुशवाहा र संजय कुमार यादवलाई मन्त्री नियुक्त गरिएको हो। वसन्त कुमार कुशवाहा – उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, संजय कुमार यादव – वन तथा वातावरण मन्त्रालयपय जिम्मा दिएका हुन ।
नव नियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम शुक्रबारका लागि तय गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको