बर्दिबासमा ब्राउन सुगरसहित दुई युवक पक्राउ


Deep Diamond

३० बेशाख, महोत्तरी – बर्दिबास नगरपालिका–३ स्थित गौरीडाँडा नजिक बी.पी. राजमार्गबाट आज बिहान लागू औषध ब्राउन सुगरसहित दुई जना युवक पक्राउ परेका छन्। बिहान १०ः३० बजे प्रहरीले काठमाडौंतर्फ गइरहेको हायस गाडी जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नुवाकोटको लिखु गाउँपालिका–६ निवासी २८ वर्षीय राजेन्द्र डंगोल र पाँचखाल नगरपालिका–५ निवासी २८ वर्षीय दिपेश श्रेष्ठ रहेका छन्। लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबासका अनुसार, गुप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बर्दिबास र लागू औषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले बागमती प्रदेश ०१–००६ख ७३०३ नम्बरको सवारी साधन रोकी जाँच गर्दा उनीहरूलाई पक्राउ गरिएको हो।
गाडीको अन्तिम सिटमा सवार डंगोल र श्रेष्ठको खानतलासी गर्दा प्लास्टिकसहित ७ ग्राम र प्लास्टिक हटाएपछि ५.३७ ग्राम तौल भएको ब्राउन सुगरजस्तो देखिने अवैध लागू औषध फेला परेको प्रहरीको भनाइ छ।
पक्राउ परेका दुबै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको छ।
प्रहरी टोलीको नेतृत्व इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमले गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको