बर्दिबासमा “Beat The Speed” क्रिकेट क्याम्पेन: क्रिकेट प्रतिभा देखाउने सुनौलो मौका


Deep Diamond

३० बैशाख, बर्दिबास — बर्दिबासका क्रिकेटप्रेमीहरूका लागि खुसीको खबर! वर्ल्डलिंक कम्युनिकेसनले आयोजना गर्न लागेको “Beat The Speed” नामक क्रिकेट क्याम्पेनले स्थानीय युवा र खेलाडीहरूलाई आफ्नो बलिङ प्रतिभा देखाउने अनुपम अवसर प्रदान गर्दैछ।

क्याम्पेन यही बैशाख ३१ गते, बुधबार दिउँसो ४ बजेबाट सुरु हुनेछ। कार्यक्रम बर्दिबास बजारको शिव मन्दिर नजिक औरही रोडस्थित खुला मैदानमा आयोजना हुनेछ। आयोजकका अनुसार क्याम्पेन सबैका लागि खुला हुनेछ, र सहभागीहरूले स्पीड गनको सहायताले आफ्नो बलिङ गति मापन गर्न सक्नेछन्।

कार्यक्रमको उद्देश्य बर्दिबासका युवाहरूमा लुकेका क्रिकेट प्रतिभालाई उजागर गर्नुका साथै खेलप्रतिको उत्साहलाई प्रवर्द्धन गर्नु रहेको आयोजक वर्ल्डलिंकले जनाएको छ। विजेता तथा उत्कृष्ट बलरहरूलाई आकर्षक पुरस्कारसहित सम्मान गरिनेछ।

वर्ल्डलिंक कम्युनिकेसनको यो प्रयासले स्थानिय स्तरमै अन्तरक्रियात्मक कार्यक्रममार्फत युवाहरूमा सकारात्मक ऊर्जा फैलाउने अपेक्षा गरिएको छ। आयोजकले समयमै उपस्थित भई कार्यक्रममा सहभागी हुन सबै क्रिकेटप्रेमीहरूलाई आग्रह गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको