१२ बैशाख,काठमाडौं । जनमत पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार पार्टी अन्तर्गतको पेसागत संगठन ‘इन्जिनियर जनमत संघ’ को अधिवेशन गर्ने प्रक्रिया अघि बढाइएको छ । संगठनलाई सशक्त बनाउन र सांगठनिक रूपले विस्तार गर्नका लागि यो कदम उठाइएको हो ।

२०८२ बैशाख ७ गते बसेको केन्द्रीय सचिवालय समितिको निर्णय अनुसार ई.रामेश्वर प्रसाद कलवारलाई संयोजक तथा ई.अजय कुमार शर्मालाई सह–संयोजकको जिम्मेवारी दिइएको छ । यस टोलीले बैशाख ७ को मितिबाट लागू हुने गरी छ महिनाभित्र अधिवेशन सम्पन्न गर्नुपर्नेछ।
पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समिति संयोजक ई. नरन्द्र प्रसाद चौधरीले यो कदमलाई पार्टीको सांगठनिक सुदृढीकरण तर्फको महत्वपूर्ण पहल भएको बताएका छन् । उनले भने,“पार्टीका पेसागत संगठनहरूलाई सशक्त बनाउँदै अघि बढ्ने हाम्रो स्पष्ट योजना हो। यस अधिवेशनले संगठनलाई तल्लो तहसम्म व्यवस्थित बनाउन र इन्जिनियरहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न सघाउनेछ भन्ने विश्वास लिएको बताए ।
उनका अनुसार, इन्जिनियर जनमत संघको अधिवेशन पार्टीको दीर्घकालीन सांगठनिक विकास र पेशागत सञ्जाल विस्तारका लागि निर्णायक हुनेछ ।
जनमत पार्टीले विभिन्न क्षेत्रका पेसागत संघसंस्थाहरूलाई संगठित गर्दै राष्ट्रिय राजनीतिमा समावेशी सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ । यसैअनुसार, इन्जिनियर जनमत संघको सक्रियता पनि पार्टीको भावी नीति, योजना तथा कार्यक्रम निर्माणमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।











