१२ बैशाख, काठमाडौं । जनमत पार्टीले भारतको जम्मु कश्मीरको पहलगाम क्षेत्रमा अप्रिल २२ मा पर्यटकमाथि भएको आतंकवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवद्वारा बैशाख १२ गते जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“मानवतालाई नै शर्मसार पार्ने यस्ता अमानवीय कुकृत्य कुनै पनि आधारमा सभ्य समाजमा स्वीकार्य हुँदैन ।“उक्त आक्रमणको हामी घोर निन्दा गर्दछौं,“ विज्ञप्तिमा भनिएको छ ।
जनमत पार्टीले उक्त घटनामा परि ज्यान गुमाएका नेपाली नागरिकसहित २६ जना मृतकको परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ।
प्रवक्ता यादवले भने,“उक्त हमलामा ज्यान गुमाएका नेपाली नागरिकसमेत २६ जनाका परिवारप्रति हामी हार्दिक समवेदना व्यक्त गर्दछौं ।
पार्टीले यस्ता आतंकवादी कार्य मानवता र सभ्यताको विरुद्धमा रहेको भन्दै अन्तर्राष्ट्रिय समुदायबाट समेत एकजुट प्रतिरोधको आवश्यकता रहेको औंल्याएको छ।











