२८ चैत,काठमाडौं – महावीर जयन्तीको पावन अवसरमा जनमत पार्टीका राष्ट्रिय प्रवक्ता डा. शरद सिंह यादवले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।
शुभकामना सन्देशमा उनले अहिंसा, सत्य, अपरिग्रह, ब्रह्मचर्य र अचौर्य जस्ता महावीर स्वामीका सन्देशहरू सबैका लागि प्रेरणादायी हुने उल्लेख गर्दै, यस्ता पावन अवसरहरूले समाजमा शान्ति, सद्भाव र सहिष्णुता बढाउने विश्वास व्यक्त गरेका छन्।
महावीर जयन्ती विशेषगरी जैन समुदायको महान चाड हो, जसले भगवान महावीरको जन्म दिनको रूपमा मनाइन्छ। यस अवसरमा देशभर विविध धार्मिक कार्यक्रम, प्रवचन, सेवा कार्य र सांस्कृतिक कार्यक्रम आयोजना हुनेगर्छ।
डा. यादवले सबैलाई सत्य र अहिंसाको मार्गमा अग्रसर भई सहअस्तित्व र शान्तिपूर्ण समाज निर्माणमा योगदान दिन पनि आग्रह गरेका छन्।











