धर्म, संस्कृति र परम्पराहरूको सम्मान गर्नु हाम्रो कर्तव्य ः प्रवक्ता डा. शरदसिंह यादव


१८ चैत , काठमाडौ । इस्लाम धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन ्।
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले मुस्लिम समुदायको पवित्र पर्व ईद उल फित्रको अवसरमा सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले यो पर्वले समाजमा आपसी सद्भाव, एकता र भाइचारा प्रवद्र्धन गर्ने विश्वास व्यक्त गर्दै, विविधतामा एकता नेपालको विशेषता भएको उल्लेख गर्नुभएको छ। डा. यादवले सबै धर्म, संस्कृति र परम्पराहरूको सम्मान गर्नु हाम्रो कर्तव्य भएको बताउँदै, ईद उल फित्रले समाजमा प्रेम, शान्ति र समृद्धि ल्याउने आशा व्यक्त गर्नुभएको छ।
नेपालमा सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा सार्वजनिक बिदा दिएर यसलाई राष्ट्रिय पर्वको रुपमै महत्व दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको