११ चैत, काठमाडौं । जनमत पार्टीको केन्द्रीय सचिवालय समितिको निर्णयअनुसार राष्ट्रिय परिषद् समितिको बैठक आगामी शुक्रबार काठमाडौंमा बस्ने भएको छ ।
पार्टीद्वारा जारी सूचनाका अनुसार बैठक २०८१ चैत १५ गते (शुक्रबार) बिहान ९ बजेबाट सुरू हुनेछ । बैठक राजधानीको बनेश्वरस्थित सनराइज क्याफे एण्ड ब्यांक्वेटको सभाकक्षमा हुनेछ ।
बैठकमा राष्ट्रिय परिषद् समितिका सबै सदस्यहरूको अनिवार्य उपस्थिति आवश्यक रहेको जनाइएको छ ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद्सिंह यादवले जारी गरेको सूचनामा बैठक महत्वपूर्ण छलफलका लागि आयोजित गरिएको उल्लेख छ ।












