जन्मदिनमा रेडक्रसलाई ‘भ्यान’ उपहार


Deep Diamond

बर्दिबास नगरपालिकाका प्रमुख प्रहलाद कुमार क्षत्रीले आफ्नो जन्मदिनमा नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखालाई ‘भ्यान’ उपहार दिनुभएको छ । क्षत्रीले रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्कालाई भ्यानको साँचो हस्तान्तरण गर्नुभयो ।
उहाँले प्रमुखका हैसियतमा नगर कार्यपालिकाको कार्यालयबाट प्राप्त सुविधा बापतको रकमबाट भ्यान किनिएको स्पष्ट पार्नुभयो । रेडक्रसलाई प्राप्त ‘भ्यान’ विभिन्न स्थानमा रक्त सङ्कलन शिविर सञ्चालनमा प्रयोग गरिने रेडक्रस बर्दिबास उपशाखाका सभापति खड्काले बताउनुभयो ।
कार्यक्रममा बर्दिवास नगरपालिकाका नगर प्रवक्त विजय महतो, मन्जु क्षेत्री, रेडक्रस सोसाईटीका सदस्यहरु उपस्तिथ रहेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको