रिभान्स मण्डल,महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा मोवाईल तालिम सम्पन्न भएको छ । AEIN को सहयोग तथा भंगहा नगरपालिका समन्वयमा र रोयम नेपालको आयोजनामा युवाहरको सीप विकास तथा रोजगारीको लागि एडभान्स लेबलको मोबाइल मर्मत तालिम सम्पन्न भएको छ ।
नगरपालिका भित्र रहेका दलित तथा पिछाडि पारिएका समुदायीका युवाहरुको सामाजिक तथा आर्थिक रुपान्तरका लागि सक्षम वतावरणको सृजना गर्दै भंगहा नगरपाकिा वडा नं. ५ सितापुर बजारमा रुपान्तरण परियोजना अर्नगत यो मोवाईल तालिम दिएको यसै परियोजनाको जिल्ला कार्यक्रम अधिकृत रंजु साहले बताईन ।
१५ जना युवाहरुलाई ६५ दिने मोबाइल मर्मत तालिम प्रदान गरिएको थियो । मोबाइल मर्मत तालिम समापन समारोहमा प्रमुख अतिथि भंगहा नगरपालिकाका मेयर संजिब साहले यस अवस्थामा सीपमूलक तालिम प्राप्त गर्ने कुरा अत्यन्त महत्त्वपूर्ण अवसर भएकाले सिकेको सीपलाई सामान्य अवस्थामा फर्केपछि आय आर्जनमा प्रयोग गर्न सुझाव दिएका थिए ।
सीप सिक्ने र सिकाउने काम प्रत्यक्ष जीवनसंग जोडिएको हुनाले यस प्रकारका तालिम प्रदान गर्ने विषयमा भंगहा नगरपालिकाको सधैं सकारात्मक भुमिका रहने समेत मेयर साहले प्रतिबद्धता जाहेर गरेका थिए ।

कार्यक्रमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय यादबले यस संस्था मार्फत नगरपालिकामा अन्य तालिमहरुको अपेक्षा राखेको भन्दै मोबाइल मर्मत तालिमको ब्यवस्थाका लागि धन्यवाद ज्ञापन गरेका थिए । यस संस्थाले गरेको तालिमहरु अत्यन्तै राम्रो र युवाहरुलाई रोजगारमुखी भएको हुनाले हाम्रो नगरपालिकाले अगामी दिनहरुमा पनि सहयोग र सहकार्य गर्ने तयार रहेको अधिकृत यादबले बताए ।
समापन समारोहमा उत्कृष्ट प्रशिक्षार्थीलाई पुरस्कार प्रदान गर्नुका साथै सम्पूर्ण सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रशिक्षार्थीहरुले अनुभव मन्तब्य राख्दै सामान्य जीवनमा फर्किएर यही आयआर्जनको माध्यम बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
उक्त मोबाइल मर्मत तालिम समापन कार्यक्रम भंगहा नगरपालिकाका मेयर संजिब साहको प्रमुख अतिथित्यमा भएको कार्यक्रममा भंगहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय यादब,प्रशिक्षक तिलोतम काफ्ले, सह प्रशिक्षक बरुन कुमार साह लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो ।











