महोत्तरीमा एक महिलाको शव फेला


महोत्तरीमा एक महिलाको शव फेला परेको छ ।आईतवार बिहान गौशाला नगरपालिका—५ स्थित बगैंचामा अन्दाजी ३० बर्षीयाा महिलाको शव भेटिएको हो ।

प्रहरीले अहिले घटनास्थलमा सुरक्षा घेरा हालेर अनुसन्धान सुरु गरेको छ । महिलाको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

यस सम्बन्धमा थप विवरण आउन बाँकी छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको