जनता मावि पाटुको ५१ वार्षिकोत्सव सम्पन्न


९ माघ, बर्दिवास । जनता मावि बर्दिवास नगरपालिका ३ पाटुको ५१ औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । विद्यालयले विभिन्न कार्यक्रम आयोजना गरेर भब्य रुपमा वार्षिकोत्सव मनाएको हो ।
वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै बर्दिवास नगरपालिका वडा अध्यक्ष विराट विष्टले प्राविधिक शिक्षाको माध्यमबाट मात्र देशले सम्मृद्धि ल्याउने धारणा राखेका थिए । उनले भने, बर्दिवास नगरपालिका शिक्षाको हव बन्दै गरेको हुनाले विकासको मुल वाटौ नै शिक्षा हो , त्यसैले नगरलाई बिकार गर्ने शिक्षाको विकासमा हुन जरुरी रहेको अध्यक्ष विष्टले बताए ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक रमा ढकालले शैक्षिक विकास संगसंगै क्रार्यक्रम संचालन गरेकी थिइन । बर्दिवास नगरपालिकाको विद्यालयको विषय मुल्याकनमा यो विद्यालयको छात्रछात्रा पनि अव्बल रहेको प्र.अ. ढकालले बताईन । बर्दिवास नगपालिका भित्र यो विद्यालय नमुना रहेकोले वडा तथा नगरपालिकाले आर्थिक रुपमा सब्बाल बनाईदिन आग्रह गरीन ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष छवि घिमिरे, सभापतित्वमा लक्ष्मी परियार,विनोद ढुंगेल ,अर्जुन खड्का, अर्जुन ढुंगेल, होमबहादुर खड्का, देवीप्रसाद घिमिरे, अडकबहादुर बानिया शिक्षक अभिभावक संघका अध्यक्ष रमेश खत्री, उमेश बख्रेल रामकुमार घिमिरे लगायत वक्ताहरुले कार्यक्रममा वार्षिकोत्सवको पूर्ण सफलताको कामना गरेका थिए ।
विगतका वर्ष २०८० सालको एसईई परिक्षामा यो विद्यालयले १०० प्रतिशत रिर्जलट ल्याएर नमुना विद्यायको रुपमा चिनाउन सकिएको हुदा अव पुनः विद्यालयका छात्रछात्राले फेरी यस उपलब्धिलाई कसरी जोगाउन सकिन्छ त्यसतर्फ अभिभावक शिक्षक, शिक्षिका लगायत विद्यालय व्य.समिति चनाखो हुनुपर्ने कुरामा पूर्व व्यवस्थापन समितिका सदस्य विनोद ढुंगेलले बताए ।
कार्यक्रममा विद्यालय भित्रका माध्यमिक विद्यालयका छात्र÷छात्राहरुको प्रतियोगितात्मक नृत्य प्रतियोगिता, घैला फुटाई, सियो धागो ,म्युजिकल चेयर जस्ता खेल अभिभावकहरूलाई खेलाइएको थियो । कार्यक्रमा विद्यायलका बालबालिकाहरुले त्यार पारीएको चेतनामूलक नाटकका समेत आयोजना गरेर कार्यक्रम थप आकर्षक वनाएका थिए । कार्यक्रममा विद्यालयको शैक्षिक उन्नती र भौतिक पूर्वाधारका लागि यहाका समाजसेवीहरुले विद्यालयलाई प¥याएको योगदानको कदर गर्दै आजै आधा दर्जन समाजसेवी चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको