सिरहाबाट पेस्तोलसहित दुई युवक पक्राउ


८ माघ, सिरहा । सिरहाबाट पेस्तोल र नकसहित दुई युवक पक्राउ परेका छन् । सिरहा प्रहरीले सोमबार गोलबजार–११, बल्कवास्थित मैनावत्ती खोलाबाट पेस्तोल र नकसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौनाका १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय विष्णु महतो छन् ।
मैनाबत्ती खोलामा लागेको भब्री मेलामा युवाहरूको दुई समूहबीच विवाद भएको थियो । यसपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय, गोलबजारको प्रहरी टोलीले साँझ साढे ८ बजेको समयमा उनीहरूलाई जाँच गर्दा पेस्तोल र नक बरामद भएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।
उनीहरू दुबैलाई हातहतियारसम्बन्धी कसुरमा जिल्ला अदालत सिरहाबाट थप गरी अनुसन्धान कार्य भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको