बर्दिबासको इलेक्ट्रिक पसलमा अगलागि : एक करोड बराबरको क्षति


बर्दिबासको औरही रोडमा रहेको न्यू दुर्गा इलेक्ट्रिक बिजुली पसलमा आईतवार साझ आगलागि भएको छ । बर्दिबास न.पा.१४ बर्दिबास औरहि रोड स्थितमा आगलागि भएको हो ।
बर्दिवास नगरपालिका वडा नं. १४ बस्ने राम सेबक महतोको तिन तले पक्कि घरको भुई तलाको १३ ओटा सटरमा अनलगनगी भएको ईलाका प्रहरी कार्यलाय बर्दिवासका प्र.ना.उ. रेबति रमण पोखरेले टक नेपाल राष्ट्रिय दैनिकलाई जानकारी गराएको हो । प्रहरीका अनुसार धनुषा जनकपुर उ.म.न.पा.१३ बस्ने बर्ष २९ को साहाजिस नदाफले भाडा लिई संचालन गरेको न्यु दुर्गा ईलेक्ट्रिक सप्लायर्स पसलमा बिधुत सर्ट भई अचानक आगलागि हो ।
आगलागिमा छ ओटा सटर भित्रको सामान पुर्ण रुपमा जलेको नष्ट भएको हो । बिभिन्न ईलेक्ट्रिकका सामानहरु अ.मुल्य रु. एक करोड बराबरको क्षति भएको प्र.ना.उ. पोखरेल बताए ।


आगो नियन्त्रनका लागि स्थानिय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, बर्दिबास नगरपालिकाको दमकल–१, नेपाली सेनाको मध्य पुर्बि पृतना बर्दिबासको दमकल–१, नेपाल प्रहरी बिशेष सुरक्षा गण ढल्केबर, धनुषाको दमकल–१, महोत्तरीको रामगोपालपुर नगरपालिकाको दमकल–१ को सहयोगमा आगो पुर्ण रुपमा नियन्त्रणमा गरिएको जिल्ला प्रहरी कार्यलाय महोत्तरीले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको