
मनमोहन सिंह
हालको बर्दिबास नगरपालिका वडा नम्बर ६ साबिकको किसाननगर गाविस वडा नम्बर ९,८,७ लाई बर्दिबासका विशेष गरि बर्दिबास नपा का वडा नम्बर १४, २ र १ मा रहेका बुद्धिजिवीको विचार हेर्दा यो वडामा केही पनि नहोस याँहा का जनता खोलामा जन्मेको केही जन्दैनन झै विचार पोखेको देखिन्छ । हालको बर्दिबास नगरपालिका वडा नम्बर ६ साबिकको किसाननगर गाविस वडा नम्बर ९,८,७ का जनताले दुईवटै खोलाको बीचमा रहेर कसरि जिवन चलाउछ र कसरी जिवन चलाउथियो यसको थौरै पनि विचार नभएको देखिन्छ । हुनत सुख शयलमा हुर्केको बुद्धिजिविले दुखिजनता लाई काँहा सुखि देख्न चाहन्छ र।त्यसको लागि यो गाँउमा जन्म भएको भए थाहा हुन्थियो । याँहाका जनताले खोलाको कारण कुन दुखले बर्दिबास बडहरी बजार जानु पर्थियो र विद्यार्थिहरुले कुन द्खले स्कुल जानु पर्थियो याहाको जनताले कुन स्तरको स्वास्थ उपचार पाँउथियो भन्ने कुरा। कहिले काँही त बाढी आयर खोला पारि बास बस्नु पर्ने अवस्था पनि हुन्थियो र खोलाले मान्छे विद्यार्थि वगाएको घटनाहरु पनि पर्याप्त छन । पहिलाको अवस्था छोडौै हालको अवस्थामा पनि वडा बाट एउटा सिफारिस लिन पूर्व खोलामा बाढी आयो भने जाने अवस्था छैन अर्थात धनुषा हुदै रातोपुलबाट घुमेर जानु पर्छ । विद्धुत नभएर बर्दिबसाको साथिभाइहरुलाई मोबाइको व्याट्रि जार्ज गर्न पठाएर १५ बर्ष पहिला मोबाइल चलाएको पनि ताजै छ ।अहिले पनि खोलाको प्रत्यक्ष जोखिमा यही गाँउका मानिसहरु छन यही गाँलाई जोखिममा राखेर बर्षेनी अर्बोँको खोला ठेक्का लगाँउछ राजस्व उठाँउछ तर गाँउ बाट बर्दिबास जान ३ ४ वटा बाटो मध्ये एउटा पनि बाटो पिच वा ढलान छैन नत नगर पालिकाले एउटा राम्रो सिचाईको व्यवस्था गर्न सकेको छ ।
तर
जब यो गाँउलाई धेरै त नभन थौरै मात्र सहज हुने गरि बन्ने भनिएको सरकारी कार्यालयहरु आउन लाग्दा बर्दिबासको बुद्धिजिविहरुलाई भुमाफियाको याद आउन थालेको देखिन्छ त्यो पनि आफ्नो रोटि सेक्नलाई । अर्को कुरा पनि सुनियो अहिले मन्त्रालयले सरकारी कार्यालयहरुलाई उपलब्ध गराएको जग्गा भएको ठाँउबाट बर्दिबास नगरपालिको सम्पूर्ण नगरवासिलाई सेवा लिन पाइक पर्दैन भन्ने कुरा यस्तो कुरा हो भने कर्णालिको जनतालाई काठमाण्डौ राजधानी पाइक पर्दैन भन्दैमा राजधानी सार्ने काम त गर्नु भएननि कहलिएका बुद्धिजिविज्युहरु । कार्यालय ल्याउन मा स्थापन गराउनमा तपाइहरुको अमूल्य योग्दान होला तर बर्दिवास बजारको सिधा १.५ कि मि पूर्व सर्दैमा सार्न हुँदैन भन्नु हालको बर्दिबास नगरपालिका वडा नम्बर ६ साबिकको किसाननगर गाविस वडा नम्बर ९,८,७ का जनताको लागि बेइमानि नै हुन्छ ।
साभार ः सामाजिक संजाल











