दशैं अवधिमा बर्दिवास क्षेत्रमा २४ सवारी दुर्घटना


बर्दिवास । बर्दिवास क्षेत्रमा दशैं अवधिमा २४ वटा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु र ५१ जना घाइते भएका छन् । घाइते मध्ये ११ जनाको अवस्था गम्भीर रहेको र ४० जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिवासले दिएको जानकारीअनुसार १७ असोजदेखि ३० असोजसम्मको अवधिमा महोत्तरीमा ८६५ सवारी साधनलाई कारवाही गरिएको छ । आड सय बढी सवारी साधनलाई कारवाही गर्दा ८ लाख ३ हजार ५०० राजश्य संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख लक्षीराज जोशीले बताए ।
दशैं अवधिमा जिल्ला ट्राफिक कार्यालय बर्दिवासले ट्राफिक जनचेतना कार्यक्रम सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस क्रममा जिल्लाका ८७ स्थानमा जनचेतना कार्यक्रम सञ्चालन गरेको बताइएको छ । सो जनचेताना कार्यक्रमबाट ५ हजार १३५ जना लाभान्वित भएको ट्राफिक प्रहरीले जनाएको छ ।


सवारी चालकको अनुमतिपत्र जाँच, मादक पदार्थ जाँच, नियम विपरितमा सिट संख्या थप्ने आदीको जाँच गर्दा अनिमितता पाइएकासंग जरिवाना गर्दा सो परिणामको रकम राजश्व संकलन भएको ट्राफिक प्रहरीले टक नेपाललाई बताए । जिल्ला ट्राफिक प्रहरी प्रमुखमा लक्ष्मीराज जोशी दशैंको मुखमै सरवा भइ आएका हुन् । उनी आएदेखि ट्राफिक प्रहरीले बर्दिवासमा नकै सक्रियता बढाएको छ ।
ट्राफिक सक्रीयताले बर्दिवासको ट्राफिक व्यवस्थापनमा धेरै सुधार भएको स्थानीयले बताएका छन् । बर्दिवास राजमार्गदेखि शाखा सडकका मुखमा हुने गरेको अस्तव्यस्त पार्किङ अहिले व्यवस्थित हुँदै गएको छ । नगर प्रहरीसमेतको सहयोगमा ट्राफिक प्रहरी सक्रीय हुँदा अस्तव्यस्त पार्किङ अहिले केही सहज भएको देख्न सकिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको