
बिबेक महतो , बर्दिवास । बर्दिबास नगरपालिकाको समग्र विकासको लागि नगरप्रमुख क्षेत्रीले नेतृत्वमा भएको काम नगरवासिले अनुभव गर्न थालेका छन् । कृषि, स्वास्थ्य, शिक्षा लगायत भौतिक पूर्वाधारको १४ वटै वडामा भईरहेको कामवाट धेरै वासिन्दाहरू लाभान्वित भएको शनिबार एक कार्यक्रममा बताइएको छ ।
यस विषयमा शनिबार खयरमारामा एक कार्यक्रमबीच चर्चा भएको थियो । वर्दिबास नगरपालिकाको वडा नं. १० खयरमारामा भएको एक कार्यक्रममा सहभागिहरूले नगरप्रमुख क्षेत्रीले गरेको जस्तो काम यो भन्दाअघिका वा पछिका कसैले पनि गर्न नसक्ने वताए ।
नेपाली कांग्रेस वडा नम्वर १० को आयोजनामा भएको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा प्रदेश महिला विभाग सदस्य रामकुमारी रुम्वाले आफ्नो धारणा राख्दै नगर प्रमुख क्षेत्रीको कामको प्रशंसा गरेकी थिइन । उनले पार्टीको नेतृत्वले पार्टीको नीति विधानअनुसार काम गर्न सवै कार्यकर्तालाई निर्देश गरेता पनि नगरप्रमुख क्षेत्रीले पार्टीभन्दा माथि समुदायको वास्तविक आवश्यकता र न्यायको आधारमा विकास कार्यक्रम गरेको बताइन् ।
नगर प्रमुख क्षेत्रीको जनमुखि कामले बर्दिवासमा पार्टीको शाखसमेत बढेको बताउँदै यो अन्यत्रका लागिसमेत उदाहरणीय भएको वताइन् ।
त्यसैगरी अर्का वक्ता नेपाली कांग्रेस वर्दिबास नगर सभापति युवराज पोखरेलले नगर विकासको लागि सवै क्षेत्रको समानुपातिक बिकास अनिवार्य रहेको हुँदा नगरले सवै जातजाति, लिंग, धर्म, वर्गको उत्थानमा नगरपालिका अभिभावक वनेको कुरामा जोड दिएका थिए । वडा नम्वर १० का वडाअध्यक्ष प्रमोद मोक्तानले वडाको विकास अघिल्लो कार्यकालमा भन्दा मेरो कार्यकालमा दोब्वर भन्दा वढी भएको दावी गरे ।
प्रमुख वक्ताकोरूपमा वर्दिवास नगरपालिका प्रमुख प्रह्लाद कुमार क्षेत्रीले खयरमाराको विकासको लागि खानेपानी, सडक वाटो, पिच तथा ढलान, भालुझोरामा रिचार्ज पोखरी निर्माण तथा वयलवास नजिक खयरमारा खोलामा पक्की पुल निर्माणको लागि नगरपालिकाले आफ्नो तथा संघीय सरकारसंग समन्वय गरेर काम अगाडि वढाउने वताए ।
कार्यक्रममा लक्ष्मी नारायण विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा लामा, नेपालि कांग्रेसका नगर सचिव विनोद ढुंगेल, महाधिवेशन प्रतिनिधि भगवति गौतम, पार्टीका जिल्ला सदस्य नारायण उप्रेती तथा समाजसेवी हिरा लामा लगायतको सहभागिता रहेको थियो ।