
बर्दिबास । ग्रामिणमुखी युवा अभियान नेपालदारा संचालित रुपान्तरण परीयोजना अन्तर्गत युवाहरुलाई २० दिने अफ फर्म तालिम अन्तर्गत व्युटिसियन तथा हेयर डे«सरको दिक्षान्त समारोह आज मंगलवार वर्दिबासमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिको तर्फवाट प्रदेश सभा सदस्य तथा पूर्वराज्यमन्त्री शारदा देवी थापाले तालिममा सिकेका कुराहरु जवसम्म व्यवहारमा लागू हुदैन त्यो तालिमको कुनै अर्थ हुदैन त्यसैले पुरुषहरुले तालिममा सिकेका कुरा तुरुन्त व्यवहारमा उतार्छन् तर महिलाहरु व्यवहारमा लागू गर्न नसकिरहेको परिपेक्ष्यमा यो परीयोजनाले गरेको तालिम तेस्तो नहुने विश्वास लिएको वताउनु भयो । पुरुषहरुले मात्र कमाएर घर चलाउदाँ देशको आर्थिक अवस्था कहिल्यै नसुध्रिएको यथार्थ हामि सामु छ अव त्यो पुरानो ढर्राले समाज देश अगाडि वढ्न सक्दैन सवै मिलेर काम गर्ने हो काम सानो ठुलो हुदैन तर आफ्नो हो मैले गर्ने हो म गर्छु भन्ने भावनाको विकास गर्न सक्नु पर्छ ।
तालिममा सिकेका कुरालाई व्यवसायिक वनाउन आवश्यक पर्ने आर्थिक चाजोपाजो मिलाउन सहयोग गर्न वर्दिबास नगरपालिकालाई निर्देशन गर्नुभयो । कार्यक्रको अध्यक्षता गर्नुभएकी वर्दिबास नगरपालिकाकी उपमेयर तारादेवीले महिलाको आर्थिक सशक्तिकरणको लागि नगरपालिका सधै साथमा रहने वताउदै सवै संघसंस्था संग हातमा हात काधमा काध मिलाउन नगरपालिका सधै तत्पर रहेको जानकारी गराईन । आयोजक संस्थाको तर्फवाट अधिकृत रन्जु कुमारी साहले दलित जनजातिलाई सधै प्राथमिकतामा राखेर तालिम संचालन गर्न संस्था सधै तयार छ ।