वर्दिबास । नेपालिहरुको महाँन चाड दशै सवैको लागि शुभ वनोस भनेर वर्दिबास नगरपािलकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीले कामना गर्नुभयो । वर्दिबास नगरपालिकाले वर्दिवास स्थित योग भवनमा शुक्रवार आयोजना गरेको दशै, तिहार, नेपालसम्वत तथा छठ पर्व २०८१को शुभकामना आदान प्रदान कार्यक्रममा शुभकामना दिनुहुदै नगर प्रमुखले उक्त कुरा वताउनु भएको हो । परापुर्वकाल देखि हामिले मानि आएको चाडपर्वलाई समयसापेक्ष सुधार गर्दै आफ्नो आर्थिक अवस्था, स्वास्थ्य अवस्थालाई ध्यान दिएर मनाउन नगरवासिलाई अनुरोध पनि गर्नुभयो । नगरवासिको सुख दुखमा नगरपालिका भन्ने मुल ध्ययलाई मैले सधै आत्मसाथ गरेको हुँदा हिजो वाढिको विपत्तिमा पनि म तपाईहरु संगै थिए आज दशैको खुसियालिमा पनि म तपाईहरु संगै छु भनेर भन्नुभयो । प्रमुख अतिथिको रुपमा मधेस प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्वं राज्यमन्त्री मा. शारदा देवी थापाले दशै तिहार छठ जस्ता चाँडपर्वले तपाईहामि सवैलाई एकसुत्रमा वाध्ने काम गरेको हुँदा हामि सवै एक भएर आफ्ना दुख भुलाउदै परीवारसंग रमाउने मौका पाएको वताउनु भयो । परीवार भनेको हाम्रो मुख्य सम्पति हो आजको युगमा मोवाईलको प्रयोगले वालवालिकाहरु परीवारवाट टाढा मोवाईल संग नजिक भएको हुँदा यस्ता चाडपर्वले परीवार संग नजिक वनाउने वातावरण वनाएको हुँदा दशै हाम्रो घरआँगनको चाँड भएको हो । कार्यक्रममा शुभकामना दिनुहुदै सशस्त्र प्रहरी वल नेपाल नं.२ छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति स.प्र.ना.म.नि. कालीदास धौवजीले सशस्त्र प्रहरी वल छिन्नमस्ता वाहिनीको तर्फवाट सवैमा शुभकामना दिनुभयो । कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हिरा गौतम, वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खड्का, नेपाली काग्रेश क्षेत्रिय सभापति महेश झा, पैरवी मन्चका नागदेव यादव लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धर्मानन्द जोशिले सहभागिहरुलाई स्वागत गर्नुभएको थियो ।











