मिर्चैयामा गणेश चतुर्थीको अवसरमा विशाल कलश यात्रा


सिरहा । सिरहा जिल्लाको मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोलमा प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने गणेश चतुर्थीको अवसरमा कलश यात्रा सहित शुभारम्भ भएको छ ।
हरितालिका तिज पर्वको भोलिपल्ट गणेश चतुर्थी मनाइन्छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको उत्पत्ति भएको शास्त्रीय मान्यता छ । यस अवसरमा मिर्चैया नगरपालीका वडा नं.६ गणेशटोल स्थित रहेको गणेश मन्दिरको प्राङगढबाट करिब २०० को संख्यामा बाजागाजासहित निकालिएको कलश यात्राले मिर्चैयाको बिभिन्न भागको परिक्रमा गदै बतहा नदि बाट जलभरेर मन्दिरमा स्थापित गरिएको मेला समितिको सदस्य गणेश कुमार ठाकुरले बताए ।
हिन्दू धर्मावलम्बीले कुनै काम सुरु गर्नुअघि गणेशको पूजा गर्दा सफल हुने जनविश्वास छ । गणेशलाई लड्डु चढाएर पुजा गर्दा मनोकामना पुरा हुने विश्वासले गणेश मन्दिर र प्रतिमा निर्माण गरिएको स्थलहरुमा भक्तजनहरुको भिर लागेका छन् ।
कलश भरेर आज बाट सुरु भएको मेला यहि भदौ २२ र २३ गते सम्म चल्ने मेला समितिका अध्यक्ष राम प्रताप साहले जनाएको छ । उक्त मेलामा दुई दिन सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । यहाँका स्थानीयहरु मिलेर विगत १० वर्षदेखि लगातार मेला लगाउने गरेको श्री गणेश समाज सेवाका अध्यक्ष रिपेन्द्र कुमार ढुङ्गे्रलले बताए ।
उक्त कलश यात्रामा मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादव र युवा नेता अजय कुमार यादव(सानो),विभिन्न राजनीतिक दलका प्रतिनिधी,बुद्धिजिवी, समाजसेवी,नगरवासी,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको