नेपालको ‘मुनाल’ स्याटेलाइट प्रक्षेपणका लागि एमओयूमा हस्ताक्षर


काठमाडौं – भारत र नेपालबीच अन्तरिक्ष सहयोगका लागि महत्वपूर्ण समझदारी भएको छ । मुनाल स्याटेलाइटको प्रक्षेपणका लागि अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा भारतीय विदेश मन्त्रालय र न्युस्पेस इन्डिया लिमिटेडले हस्ताक्षर गरेका हुन् । यसलाई दुई नेपाल र भारतको साझेदारीमा प्रमुख कोसेढुङ्गाको रूपमा हेरिएको छ ।
समझदारी अनुसार नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० को निर्देशनमा नेपालमा विकसित भएको मुनाल भूउपग्रह एनएसआइइएलको पोलार स्याटेलाइट लन्च भेइकल ९पीएसएलभी०मा निःशुल्क प्रक्षेपण गरिने छ ।

मुनाल स्याटेलाइटको प्रक्षेपण सेवा सम्झौता एनएसआइएल र नास्टबीच जनवरी ४, २०२४ मा भारतका विदेशमन्त्री डा एस जयशंकरको नेपाल भ्रमणका क्रममा आदानप्रदान भएको थियो।

मुनाल स्याटेलाइट नेपाली विद्यार्थी र नेपाली स्टार्टअप अन्तरिक्ष प्रतिष्ठानबीचको सहकार्यको उत्पादन हो । यो विकासले नेपालको वैज्ञानिक र प्राविधिक क्षमतालाई मात्रै नभई भारत र नेपालबीचको समग्र सम्बन्धलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ । khabarhub


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको