सबैको साथी कृषि सहकारी संस्थालाई विवरण उपलब्ध गराउन बर्दिवास नगरपालिको पत्र


बर्दिवास, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–९, पशुपतिनगरमा रहेको सबैको साथी कृषि सहकारी संस्थालाई देहाय बमोजिमका कागजात उपलब्ध गराउन बर्दिवास नगरपालिकाले पत्र काटेको छ ।

बर्दिवास नगरपालिका ९ नम्बर वडा कार्यालयले अन्य वडाका व्यक्तिलाई सहकारी दर्ताका लागि सिफारिस गरिएको समाचार विभिन्न सञ्चार माध्यममा प्रकाशन भएपछि बर्दिवास नगरपालिकाले ति सहकारी संस्थालाई प्रारम्भिक साधारण सभाको प्रमाणित प्रतिलिपि, दर्ता समयदेखि हालसम्मको लेखापरीक्षण प्रतिवेदन प्रतिलिपिलगायतका कागजात उपलब्ध गराउन बुधबार पत्र काटिएको हो ।

वडाध्यक्ष घुरन महतोले वडा नं. ७ का बासिन्दा देवराज कुमार महतोलाई ९ नम्बर वडाको बासिन्दा भएको भन्दै सहकारी दर्ताका लागि सिफारिस दिएको विषयमा समाचार प्रकाशन भएको थियो । देवराज वडाध्यक्ष घुरनको भान्जा भएकाले नियम कानुन मिचेर सहकारी दर्ताका लागि सिफारिस दिएको आरोप लगाइएको छ ।
बर्दिवास नगरपालिकाले बुधबार काटेको पत्रमा पत्र प्राप्त भएको मितिले पाँच दिनभित्र विवरणहरु उपलब्ध गराउन भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको