डोनल्ड ट्रम्पलाई गोली प्रहारपछि सामाजिक सञ्जालमार्फत ट्रम्पले दिए यस्तो प्रतिक्रिया


अमेरिका, असार ३० । अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पलाई पेन्सिल्भेनियामा एक र्‍यालीमा गोली प्रहार भएको छ। उनलाई मार्ने नियतले हमला भएको मानिने घटनापछि ट्रम्पलाई उक्त स्थानबाट हटाइयो ।

घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको र अनुहारमा रगत लागेको देखिएको थियो । उक्त र्‍यालीका क्रममा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको थियो।

गोली चलेको आवाज आएपछि सुरक्षाकर्मीले ट्रम्पलाई तत्काल मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए । त्यस क्रममा ट्रम्पले मुट्ठी कसेर हात उचाल्दै समर्थकहरूप्रति सङ्केत गरेको देखिएको छ।

ट्रम्पले आफैँले खोलेको सामाजिक सञ्जाल ट्रूथमा एउटा सन्देश लेख्दै आफू सकुशल रहेको र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको जनाएका छन् । उनले प्रवर्तनलाई धन्यवाद दिए र मारिएका वा घाइते भएका सहभागीहरूप्रति शोक र समवेदना व्यक्त गरे ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको