म्याग्दीमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु


Deep Diamond

पोखरा, असार २६ । म्याग्दीमा डेङ्गुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेनी नगरपालिका ४ सिंगाका ६४ वर्षीय पुरुषको डेंगुका कारण मृत्यु भएको छ ।

अचानक ज्वरो आएपछि उनलाई असार १६ गते अस्पताल लगिएको थियो ।

अवस्था जटिल बन्दै गएपछि बिरामीलाई असार १७ गते पोखरा रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको बेनी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.अञ्जु थापाले जानकारी दिइन् ।

उनले डेंगुको संक्रमण बढ्न सक्ने भएकाले सचेत रहन आग्रह गरेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको