दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा आज बिहान एकजना बेपत्ता


असार २६ । सेतीनदी खोलाबाट दाउरा निकाल्ने क्रममा आज बिहान एकजना बेपत्ता भएका छन् । व्यास नगरपालिका–१ भदगाउँका ५५ वर्षीय तलबहादुर थापा छाब्दीखोला दोभानमा आएको बाढीले बगाएको दाउरा तान्दै गर्ने क्रममा नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थापाको खोजी कार्य जारी रहेको प्रहरी नायब उपरीक्षक दीपककुमार राईले जानकारी दिए । बाढीले बगाएको दाउरा निकाल्न नदी किनारमा मानिसको भीड लाग्ने गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको