निरन्तर वर्षाले पानीको बहाव बढेपछि कोसि ब्यारेजका ५६ वटै ढोका खोलियो


सुन्सरी, असार २३ ।  निरन्तर वर्षाले पानीको बहाव बढेपछि कोसि ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले यसअघिको मापनमा कोशी ब्यारेजमा ३ लाख ६८ हजार क्युसेक पानी मापन गरी ५६ वटा ढोका खोलिएको बताए ।

उच्च सतर्कता बढाइएको उनले बताए । सप्तकोशीको जलमापन केन्द्रमा पानीको सतह खतराको चिन्ह नाघेकाले नदी आसपासका बासिन्दालाई शतर्क रहन प्रशासनले आग्रह गरेको छ ।

वर्षा जारी रहेकाले नदीमा पानीको बहाव बढ्दै गएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको