धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


धनगढी, असार २२ । धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–१८ फुलबारीमा हसुलियातर्फ जाँदै गरेको से३ प५६९५ नम्बरको मोटरसाइकल नालीमा खस्दा चालकको मृत्यु र पछाडि बसेकालाई सामान्य घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक कैलारी गाउँपालिका–८ का कृष्ण चौधरीको उपचारको क्रममा शनिबार बिहान सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलको पछाडि बसेका २८ वर्षीय यादव चौधरी सामान्य घाइते भएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको