
बुटवल, असार २२ । अविरल वर्षाका कारण लुम्बिनी प्रदेशको राजधानी मौरीघाटस्थित राप्ती गाउँपालिकास्थित प्रदेश सरकारका मन्त्रालहरु डुबानमा परेका छन् ।
लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय डुबानमा परेका छन् ।
दुई मन्त्रालयमा एक फिटसम्म पानी पसेको पुनले बताए । केही भवनमा निर्माण कार्य भइरहेको र नालीभन्दा तल भएकाले मन्त्रालयका भवन डुबानमा परेको पुनले बताए ।
राजधानी स्थापना भएपछि त्यहाँ निर्माण भएका अन्य संरचनामा पानीको सहज निकास हुन सकेको छैन । जसले गर्दा समस्या भइरहेको छ ।
दाङमा शुक्रबार रातिदेखि पानी परिरहेको छ । लगातारको वर्षाका कारण दाङको देउखुरी बस्ती डुबानमा परेको छ ।
राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरुवा र कालापानी गाउँ डुबानमा परेका छन् ।
राप्ती गाउँपालिका–५ लठ्ठहवा, पहरुवा र कालापानी लगायतमा गाउँ डुबानमा परेका छन् । बाढीका कारण उच्च जोखिममा रहेका घरका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु भएको छ ।
सुरक्षा निकायहरुले उच्च जोखिममा रहेका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने काम सुरु गरेको छ ।