५० लाख नगद र १७० ग्राम सुनसहित पाँच जना पक्राउ


काठमाडौं, असार २१ । ललितपुरमा भारतीय नागरिकले भाडामा लिएको घरमा खोजी गर्दा प्रहरीले ५० लाख नगद र १७० ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन भारतीय र दुई नेपाली रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नं.१४ मा निर्माणाधीन घरमा शङ्कास्पद कारोबार भइरहेको सूचनाका आधारमा उनीहरुले धातु र पैसा फेला पारेका हुन् ।

उनीहरुसँगै प्रहरीले १६९.९७० ग्राम सुनजस्तो पहेँलो धातु, २४७.२५० ग्राम चाँदीजस्तो धातु, एक थान डिजिटल तराजु र विभिन्न कम्पनीका ७ थान मोबाइल पनि बरामद गरेको छ ।

साथै हार्डडिक्स, मिककार्ड तथा बैंक भौचरसहित ५० लाख चार हजार नगद र सुन पगाल्ने मेसिन बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त सातदोबाटोको टोलीले भारतको महाराष्ट्र प्रदेश ललितपुर ताल्छिखेलका २८ वर्षीय युवराज विभुते, सोही ठाउँका विक्रम यलवर, सोही ठाउँका अभिषेक विभुते, भक्तपुर सूर्यविनायक बिरुवा बस्ने सिद्धान्त चौलागाई र ललितपुर महालक्ष्मी ८ बस्ने यसवन्त सुनारलाई पक्राउ गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको