काठमाडौं, असार २० । नेपाल प्रहरीले एक किलो २४७ ग्राम अवैध लागूऔषध कोकिन बरामद गरेको छ, र दुई नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्ने विदेशी नागरिक हुन् ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई बुधबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पाशुआलाई पक्राउ गरिएको छ ।
प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । प्रहरीले बरामद लागुऔषधको अनुमानित बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको जनाएको छ ।









