चितवन, असार १२ । बुधबार दिउँसो १ः१५ बजे माडी नगरपालिका–५ छरछरेमा रहेको मगई खोलाले बगाएर ४५ वर्षीय रणबहादुर कामी बेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय माडीबाट खटिएको टोलीले घटनास्थलमा खोजी गरिरहेको छ ।
अविरल वर्षा र खोलाको बहावका कारण भरतपुरबाट माडी, ठोरी जाने सवारी साधन बाटोमै रोकिएका छन् ।










