असार १० । पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मध्यविन्दु नगरपालिका वडा नं.२ स्थित नारायणी किनारमा सोमबार बिहान गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेद पौडेलले जानकारी दिए ।
उनका अनुसार मृत्यु हुनेमा सोही वडाका ७२ वर्षीय मिलबहादुर थारु रहेका छन् ।
मिलबहादुर बिहान नुहाउन खोलामा गएका थिए । खोलामा गोहीको आक्रमणबाट मिलबहादुरको मृत्यु भएको हो ।
गोहीको आक्रमणमा परी उनको मृत्यु भएपछि चितवन राष्ट्रिय निकुञ्जबाट टोली झिकाइएको थियो । टोलीले दुई घण्टापछि नियन्त्रणमा लिएको थियो ।
अहिले गोहीलाई नियन्त्रणमा लिएर चितवन पार्क लगिएको छ ।










