२३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौं ,असार १० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका अनुसार काठमाडौ विमानस्थल कात्तिक २३ गते राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द रहनेछ । यो पाँच महिनासम्म चल्नेछ।

धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायतका काम हुन बाँकी रहेकाले विमानस्थल बन्द गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयको सूचनामा कात्तिक २३ देखि चैत १८ गतेसम्म विमानस्थल दैनिक १४ घण्टा मात्र सञ्चालन हुने उल्लेख छ ।

अहिले काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ । विमानस्थल बिहान २ बजेसम्म सञ्चालनमा आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको