
काठमाडौं, असार ८ । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४३ दशमलव ९७ अंकले घटेको छ । यो साताको आइतबारदेखि घट्न थालेको नेप्से परिसूचक बिहीबारसम्मको अवधिमा उच्च अंकसहित बन्द भएको हो । आइतबार २११२ अंकमा सुरु भएको नेप्सेको कारोबार बिहीबार २०६८ अंकमा रोकिएको हो ।
नेप्से परिसूचक आइतबार १७ दशमलव ४ अंकले घटेको छ भने मंगलबार १८ दशमलव ७६ अंकले घटेको छ ।
ईदका कारण सोमबार सार्वजनिक बिदा थियो । यस्तै बिहीबार नेप्से परिसूचक १० दशमलव ४४ अंकले घटेको छ । बुधबार परिसूचक २.२७ अंकले बढेको छ ।
साताका ४ कारोबार दिनमध्ये तीन कारोबार दिन घटेपछि परिसूचक उच्च अंकले घटेको हो । यो साता १६ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यो साता २ प्रतिशतभन्दा बढीले घटेसँगै कारोबार रकम पनि अघिल्लो साताको तुलनामा घटेको छ । रातोपाटी