सर्लाहीको रायमाझी चोकमा बस दुर्घटना हुदा तीन जनाको मृत्यु


सर्लाही, असार ६ । सर्लाही बागमती नगरपालिकाको रायमाझी चोकमा आज बिहान भएको दुर्घटनामा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

पूर्वपश्चिमको बागमती नगरपालिका–११ रायमाझी चोकमा रोकिराखेको लरीसँग यात्रु बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिकाका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि उनीहरुलाई उद्धार गरी हरिवानस्थित नमूना अस्पताल लगिएकोमा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

रुपन्देहीबाट जनकपुर आउँदै गरेको बसमा दुर्घटना भएको हो । प्रहरीका अनुसार बसमा ४० जना सवार थिए र दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगन्ज र स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको