बर्दिवास, असार १ । सिटि केयर अस्पताल बर्दिवासले सर्लाहीमा निःशुल्क बृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत सर्लाहीको हरिपुर्वा वडा नं.८ का स्थानियहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउँदै स्वास्थ्य परामर्श सेवा समेत प्रदान गरिएको थियो ।
अस्पतालसम्म पहुँच नपुगेका बिरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि सिटि केयर अस्पताल बर्दिवासको आर्थिक तथा प्रशासनिक सहयोग र स्थानिय संस्था श्री राम जानकी मंन्दिर संरक्षण सिमितिको आयोजनामा स्वास्थ्य परीक्षण गरिएको छ । एक दर्जन चिकित्सकहरुको सहभागितामा संचालित शिविरबाट वडाका एक सय ५० जना भन्दा बढीले प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा लिएका छन् ।
शिविरबाट विभिन्न आठ प्रकारका सेवाहरु उपलब्ध गराएको थियो । स्त्री तथा प्रसूति रोग सम्बन्धी परामर्श, मुटु,सुगर,प्रेसर, थाईराईड र दम,सम्बन्धी उपचार तथा परामर्श,बाल स्वास्थ्य परिक्षण तथा परामर्श, दन्त रोग परीक्षण, छाला तथा यौन रोग परिक्षण, हाडजोर्नी तथा नाशा सम्बन्धी उपचार तथा परामर्श , भ्ऋन् मुटु रोगको उपचार तथा परामर्श सेवाहरुबाट विभिन्न वडाका वडाबासीहरु लाभान्वित भएका छन् ।
आयोजक संस्थाको तर्फबाट संस्थाका सद्स्य जितु यादवको पहलमा कार्यक्रम संचालन गरिएको थियो । निःशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवासँगै निःशुल्क आवश्यक औषधिको वितरण गरिएको थियो ।